पवित्र सिद्धगुफाभित्र काव्य वाचन


तनहुँ । तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफाभित्र सेतीकाली साहित्य सङ्गमद्वारा आयोजित २८ औँ काव्य शृङ्खला सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सो गुफालाई सूचीकृत गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले गुफाभित्र काव्य शृङ्खला सम्पन्न गरिएको सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलले जानकारी दिनुभयो । “नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीयस्थलमा पुगेर काव्य शृङ्खला आयोजना गर्दै आएका छाँै”, उहाँले भन्नुभयो, “यसपटक भने पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गुफाभित्रै कार्यक्रम ग¥यौँ ।”

साहित्यकार अर्पिता पाण्डे, सुष्मा चालिसे, हरिप्रसाद सुवेदी, हरिबोल लम्साल, दिनानाथ पराजुली, रामशरण गैह्रे, रोशनी थापा, धु्र्रव सुवेदीले कविता, गजल, हाइकुलगायतका सिर्जना वाचन गर्नुभएको थियो । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै सङ्गमले काव्य शृङ्खला गर्दै आइरहेको छ । सिद्धगुफा विकास समितिले केही दिनअघि मात्रै नेपाल भ्रमण वर्षको औपचारिक शुरुआत गरेको थियो ।यस क्रममा गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफा जाने बाटोमा फलामको बारसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएका छन् । सो मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ ।

समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही अनुसार समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमि दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीनवटा शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो सो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...