काठमाडौ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई सरकारी कार्यदलले परिमार्जन गरी निर्माण गरिएको ७ सय ४४ वटा स्थानीय तहको नाम र सीमाना सार्वजनिक भएको छ। शुक्रबार स्थानीय तह सम्बन्धी सबै विवरण राजपत्रमा प्रकाशित गरिएको छ। नयाँ घोषणा गरिएको स्थानीय तहमा ४ सय ८१ गाउँपालिका, २ सय ४६ नगरपालिका, १३ वटा उपमहानगरपालिका र ४ वटा महानगरपालिका छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको नाम, संख्या, सीमाना र वडाको सीमाना कायम गरेर सूचना प्रकाशित गरेको छ। हेर्नुस् राजपत्रमा प्रकाशित स्थानीय तह सम्बन्धी विवरण

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु