बेइजिङ, रासस/सिन्ह्वा । कोरोना भाइसरविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न एघार मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको चीन सरकारका प्रवक्ताले सोमबार बताएका छन् । दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, काजकस्तान, हङ्गेरी, इरान, बेलारूस र इनिडोनेसियाबाट कोरोना भाइरस नियन्त्रणका लागि सामग्री उपलब्ध भएको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले पत्रकार सम्मेलनमा बताउनुभयो ।

उक्त सामग्री आइतबारसम्म आइपुगेको उहाँले उल्लेख गर्नुभयो । उहाँले अन्य मुलुकबाट पनि सहयोगका सामग्री आउने क्रम रहेको खबरहरू प्राप्त भएका उहाँको भनाई थियो । आवश्यक परेका वेला सहयोग गर्ने साथी वास्तविक साथी रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण मेडिकल मास्क, प्रोटेक्टिभ सुट र सुरक्षित चश्माजस्ता सामानको जरूरी रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु