काठमाडौं । लोपोन्मुख गिद्ध आज बिहान सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा घाइते अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय महेशबारीले घाइते अवस्थामा फेला पारेको सो गिद्ध डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाइएको जनाएको छ ।

गम्भीर घाइते अवस्थामा भेटिएको गिद्धलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषोपचार गरिने डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिनुभयो । उक्त गिद्ध के कसरी घाइते भएको हो र कहाँबाट आएको हो भन्ने खुल्न नसके पनि बिजुलीको तारमा करेन्ट लागेर घाइते भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । लोपोन्मुख गिद्ध धेरै दिनपश्चात् देखापरेपछि गिद्ध हेर्न वन कार्यालयमा घुइँचो नै लागेको प्रमुख दासले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु