विद्यालयको भर्‍याङ अचानक भत्किएपछि १४ विद्यार्थीको बन्यो एकै चिहान, ४० घाइते


काठमाडौं । पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो । छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको विवरणहरू आएका छन् । शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चाजमाध्यमलाई १४ जनाको मृत्यु भएको पुष्टि गरे ।

 

‘बच्चा गुमाउनु एकदमै पीडादायी हुन्छ। आफ्ना बच्चा गुमाउने अभिभावकलाई मेरो समवेदना,’ उनले सिटिजन टीभीलाई भने । घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको थियो । तीमध्ये केहीको स्थिति गम्भीर भएको बताएको छ भने केहीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन । तर स्थानीय प्रहरीका प्रमुखले घटनाबारे छानबिन सुरु गरिएको बताएका छन् । केही विवरणमा विद्यार्थीहरू छुट्टीपछि भर्‍याङबाट ओर्लिन खोज्दा भिड भएको थियो । उक्त भर्‍याङ भत्किएको बताइएको छ । द डेली नेशन समाचारपत्रका अनुसार भाग्न खोज्दा केही विद्यार्थीहरू विद्यालयको तेस्रो तलाबाट भुइँमा खसेका थिए ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा घाइते बालबालिकाका आफन्तहरू एउटा अस्पतालबाहिर चिन्तित मुद्रामा भेला भएको देखिन्छ । आपत्कालीन सेवालाई आफूले सहयोग उपलब्ध गराएको केन्या रेडक्रसले ट्विटरमा उल्लेख गरेको छ । केन्याको शिक्षा मन्त्रालयले शोकाकुल परिवार र आफन्तलाई समवेदना प्रकट गरेको छ।संवाददाताहरूका अनुसार उक्त घटनाले केन्याका विद्यालयमा बालबालिकाको सुरक्षाबारे प्रश्न उठाएको छ।

केन्याका भूतपूर्व प्रधानमन्त्री राइला ओडिङ्गाले घटनाको कारण पत्ता लगाउन शीघ्र अनुसन्धान गर्न माग गरेका छन् । गत वर्ष सेप्टेम्बरमा नाइरोनजिकै एउटा प्राथमिक विद्यालयमा एउटा कक्षाकोठा भत्किँदा आठ जनाको मृत्यु भएको थियो । त्यसको केही दिनपछि सरकारले सुरक्षाको कारण देखाउँदै उक्त विद्यालय बन्द गरिदियो । सरकारले कमजोर संरचना भएका विद्यालयहरूलाई कारबाही गर्ने उद्घोष गरेको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com