काठमाडौं । मङ्गलबार दोहाबाट बैंककका लागि उडानमा रहेका समय एक थाई महिलालाई बच्चा जन्मिएको छ । ती यात्रुले विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गरेका बताइएको छ । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कलकत्ता विमानस्थलका अधिकारीले एएनआईलाई भने, “दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन क्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण भएको छ । “विमान सुरक्षित अवतरण गरेको छ भने सम्बन्धित व्यक्तिलाई चिकित्सक र विमानस्थल टोलीले आवश्यक सहयोग गरिरहेका छन् ।”

सम्बन्धित खबरहरु