काठमाडौं । नेपालगञ्जको पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय उचित रेखदेखको अभावमा धरासायी बन्दै गएको छ । पुस्तकालय सञ्चालक समितिको अध्यक्षमा २२ वर्षदेखि एकै व्यक्तिको एकछत्र रजाइँ भएकाले पनि यो धरासायी बन्दै गएको हो । विसं २०५४ मा कन्हैयालाल टण्डनले अध्यक्षको जिम्मेवारी पाएपछि सञ्चालक समितिको चुनाव नै भएको छैन ।

नेपालगञ्जका वरिष्ठ साहित्यकार प्राज्ञ सनत रेग्मीले भन्नुभयो, “टण्डनजीको निरङ्कुश प्रवृत्तिका कारण पुस्तकालय एक पाइला पनि अघि बढ्न सकेन र अहिले धरासायीको अवस्थामा पुगेको छ ।”

कार्यसमितिको एक कार्यकाल दुई वर्षको भए पनि २२ वर्षदेखि टण्डन नै अध्यक्ष हुनुहुन्छ । “उहाँले चुनाव गराउने नै आँट गर्नुभएन”, प्राज्ञ रेग्मीको गुनासो छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आप्mनो कमजोरी स्वीकार्दै अध्यक्ष टण्डन भन्नुहुन्छ, “मैले पदबाट राजीनामा दिने सोच बनाएको छु, केही दिनभित्रै मेरो राजीनामा आउँछ ।” सो पुस्तकालय अहिले नाम मात्रको छ ।

भवन आफ्नै भएर पनि जीर्ण अवस्थामा छ । पुस्तकालयमा समयसापेक्ष पुस्तकहरु नै छैनन् । पुस्तकालयमा अध्ययन गर्न जानेको सङ्ख्या औँलामा गन्न सकिन्छ ।

यो पुस्तकालय विसं २००३ मा स्थापना भएको हो । त्यतिबेलाका युवाहरुले शिक्षा तथा पठनशीलताको विकास गर्ने उद्देश्यले पुस्तकालयको स्थापना गरेका थिए । पुस्तकालयमा आजीवन र साधारण सदस्य रहने व्यवस्था छ ।

तिनै सदस्यबाट सञ्चालक समिति चयन हुने गर्छ । वर्तमान अध्यक्ष टण्डन अघिसम्म व्यवस्थित तथा लोकतान्त्रिक पद्दतिबाट चलेको पुस्तकालय त्यसपछि उहाँको पदलोलुपताका कारण धरासायी बन्दै गएको प्राज्ञ रेग्मीको आरोप छ ।

ज्ञानको भण्डारका रूपमा स्थापना गरिएको पुस्तकालय अहिले बेकामको देखिएको छ । पुस्तकालयलाई झन उपयोगी बनाउनुपर्नेमा जीर्ण हुँदै गएकोप्रति नेपालगञ्जका शिक्षाप्रेमीले चिन्ता र चासो व्यक्त गर्न थालेका छन् ।

सम्बन्धित खबरहरु