काठमाडौं । नेपाली काँग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसले बुधबार एक विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न सरकारसँग माग गरेको हो । वडाध्यक्ष धामी यही माघ २० गते गैरीगाउँस्थित स्थानीयको भैसीगोठमा रहस्यमय तवरले मृत अवस्थामा भेटिनुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका वडाध्यक्ष धामीको निधनप्रति काँग्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समेवदना प्रकट गरेको गरेको छ ।

यो पनि, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले बुधबार एक शोक विज्ञप्तिमार्फत स्वर्गीय शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । साथै उहाँले लामो अनुभवी तथा निष्ठावान पत्रकार शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

 

वरिष्ठ पत्रकार शर्माको आज निधन भएको हो । नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्य गर्नुभएका स्व शर्मा सोही टेलिभिजनको महाप्रबन्धकसमेत हुनुभएको थियो । स्व शर्माले शुरु गर्नुभएको विश्वघटना नामक कार्यक्रम अत्यन्त चर्चित कार्यक्रमको रुपमा रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु