काठमाडौ । अधिकांश क्षेत्रमा रा'क्षस बन्दै मानिसको ज्यान लिइरहेको टिपर काठमाडौको कलंकी स्थित अण्डरपासमापनि भयानक रुप लियो । त्यहाँ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा भयानक दुर्घटना भयो । जहाँ दुई जनाको मृत्यु भएको छ । बुधबारराति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिप्परले पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर दिने टिप्परको नम्बर खुलेको छैन्। ठक्कर दिएर टिपर भागेको थियो । टिपरपनि भागेको र प्रहरीपनि ढिला पुगेकाले घाईतेको समयमा उपचार हुन सकेन । ठक्कर दिने सवारी भागेपछि उपचार खर्च ब्यहोर्ने हो की हैन भन्ने अन्यौलमा प्रहरीलेपनि नजिकको अस्पताल नलगि शिक्षण अस्पताल नै पुर्याएको थियो । त्यो समयमा घाईतेलाई धेरै गाह्रो भइसकेको थियो ।