भरतपुर । चितवनकी नागरिक अभियन्ता एवम् अधिकारकर्मी तारा बरालले धुर्मुस–सुन्तली फाउण्डेशनलाई चन्दा नदिन अपील गरेकी छिन् । बरालले आफ्नो फेसबुकमार्फत चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका नाममा धुर्मुसले चन्दा आ तंक मच्चाएको आरोप लगाएकी छिन् । अ बैध रुपमा बन्दै गरेको रंगशालालाई आर्थिक सहयोग नगर्न उनले भनेकी छिन् । नागरिक अभियन्ता बरालले रंगशालालाई दिइएको कृषि क्याम्पसको जग्गा फिर्ता गराउन सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी भइरहेको बताएकी छिन् ।

उनले रेणु दाहाल र प्रचण्डको राजनीति बचाइदिन धुर्मुसले सस्तो लोकप्रियताका लागि रंगशाला बनाउन लागेको आरोप लगाएकी छिन् । प. दीनबन्ध पोखरेलले आफ्ना बुबा नारायणप्रसाद पोखरेलका ह त्यारा माओवादीको उक्साहटमा रेणु–प्रचण्डलाई माफी दिन रंगशालाका नाममा लगाइएको महायज्ञमा बाचन गर्न आएको भन्दै बरालले तीखो आलोचना गरेकी छिन् । धुर्मुस अर्थात सीताराम कट्टेल प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको चुनावी प्रचारमा हिँडेका व्यक्ति हुन् ।

सुन्तली अर्थात कुञ्जना घिमिरेकी आमा ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरमा माओवादीबाट उम्मेदवार बनेकी थिइन् । आमाको प्रचारमा सुन्तली हिँडेकी थिइन् । धुर्मुस–सुन्तली राजनीतिक रुपमा नेकपा निकटका हुन् । उनीहरू बेलाबेला बालुवाटार र खुमलटार पुगेर आशीर्वाद लिन्छन् भन्ने आरोप उनको छ । तारा बरालले फेसबुकमा दिएको बयानको एक अंश यस्तो छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=ukGUdGSP8RY&feature=youtu.be

https://www.youtube.com/watch?v=QwzS-2UfW4Y&t=328s

विश्वका उन्नत फलफुल, बीउ तथा पशु ल्याएर कृतिम गर्भाधान,अनुसन्धान तथा उत्पादन गर्ने नेपालको ! मात्रै प्रयोगशाला मासेर रंगशाला बनाईएकोरहेछ!मुद्दामा जांदैछ,खर्च नगरौं! किसानको गुनासो"६०००को ईण्डियन बीउ किनेर रोपेको धानको बालो लागेन,अहिले धान लगेर दिनुपर्ने रे ,के छ र दिनु,हामीलाई बीउ दिन्छ र सकारले!?"

"नेपालमै उन्नत पशु,फलफुल,जडिबुटी,अन्न बीउ उत्पादन गर्नको लागि" भनेर राजा महेन्द्रले बीउ अनुसन्धानको लागि छानेको मलिलो र नडुव्ने जमिन र रहेछ,अहिले सम्म विश्वका उन्नत गाई,भैंसी,बाख्रा ल्याएर अनुसन्धान तथा ब्रिडिङ र उत्पादन गर्ने प्रयोगशाला त्यति मात्रै रहेछ अन्त कतै पनि छैन ता कि नेपालै ठप्प हुनेरहेछ र नै त्यसलाई मास्ने दाउले यी मेयर अाएदेखि त्यहांको पशु तथा बिऊ अनुसन्धान पुरै ठप्प पार्न लगाइएको रहेछ!


त्यहांका पदाधिकारीुले त्यो जमिन अरु काममा चलाउन मिल्दैन भन्दा मेयरले जवरजस्ति दिएकोरहेछ। किन त??? रंगशालालाई अर्कै रुखो जमिन भए पनि हुन्छ तर बीउ उत्पादनलाई हुदैन,सरकारले Ncell,भाटभटेनीको १खर्व कर उठाएर mcc र ५ वटा रंगशाला बनाअोस्!धुर्मुसले बनाउने ठेक्का लिउन् यदि तालिमप्राप्त छन् भने तर


बिकास के हो? कसरी गर्नुपर्छ? म बिकास बिरोधि? काम थाल्नु अघि कानुन बुझ्नुपर्छ! धुर्मुसको मगमग चाउचाउ र नयां फ्लिमको विज्ञापन गर्न बढि तमासा छ!सबै कर्मचारीका तलव मेयरले काटिदिएको भन्ने गुनासोछ,के ह‍ो यो मनपरी?
भरतपुरका २९वडाबाट भएको अर्व बेरुजु बजेट मेयरले जिम्मा लिनुपर्छ अब!बिकास बजेट जति राष्ट्रघा'ति नेतालाई,विकास खर्चको जिम्मा जनतालाई?उद्योग,कृषि सबै नष्ट? रेणुको नाम शिलालेखमा राख्न कृषिको जग्गा नष्ट?
जनताको लगानी? नबुझ्नेहरुका गाली खाउला तर त्यो जमिन नेपालको केन्द्रीय बीउ अनुसन्धानका लागि छुट्याइएको सबभन्दा उर्वर जग्गा हो!

https://www.facebook.com/100009434721127/videos/2541128876211578/

सम्बन्धित खबरहरु