काठमाडौ । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबारदेखि सुरु भएको धनधान्याचल महोत्सवको जारी छ । त्यहाँ करोडौ सहयोग जुटिरहेको छ । धनधान्यान्चल महोत्सवमा महिलाहरुको बिशेष उपस्थिती रहने छ । धनधान्यान्चल भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन महोत्सव चलिरहेको छ । त्यहाँ महिलामय बनाइने व्यवस्थापना समिति संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए । मंगलबार कार्यक्रमको सभापति, प्रमुख अतिथी देखी कलाकार र कार्यक्रम संचालक सबै महिला रहेका थिए ।

महोत्सव अवधिभर नै मातृशक्ती परिचालन हुने भए पनि मंगलबार महिलाहरुको बिशेष उपस्थिती रहेको मातृशक्ती परिचालन समिति संयोजक सांसद पार्वती रावलले जानकारी दिइन । मंगलबार राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीसहित महिलाहरुको बिशेष उपस्थिती थियो । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, बिभिन्न वडाका महिला सदस्य, चिकित्सा क्षेत्रका महिलाहरु, महिला उद्यमी, महिला पत्रकार लगायतको उपस्थिती थियो । पछिल्लो समय महिलाहरु बिभिन्न संघ संस्थाको नेतृत्वदायी भूमिकामा पुगिसकेकोले यो महान अभियान सफल बनाउन पनि महिलाहरुको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ ।

बिभिन्न क्षेत्रमा योगदान पु¥याएका सबै महिलाहरुले मंगलबार भौतिक उपस्थिती मात्र नभई आर्थिक संकलन समेत सहयोग गरे । मंगलबार गायिका सरिता गुरुङसहित महिला कलाकारहरुले बिशेष प्रतुती दिए । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव शुरु भएको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ ।

करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण तिब्र गतिमा हुदै छ र सहयोग पनि जुट्दैछ । बेला बेलामा विवाद खेपी रहेका धुर्मुस आफनो काम बाट पछी हटेका छैनन् ।

उनलाई केही दिन अघि देखि केही सामाजिक अभियान्ता भनाउँदाले ध म्की दिइरहेका छन् । यहीबीचमा हास्यकलाकार अर्थात धुर्मुसका भाई कुमार कट्टेलले एक अन्तर्वार्तामा धुर्मुस बच्चा देखिने सहनशील आफ्नो दुख लुकाएर अरुलाई खुसि दिने मान्छे रहेको बताएका छन । उनले धुर्मुस संग जोडिएर काम गर्न पाउदा आफु भग्यमानी महसुश गरेको बताएका छन । उनले अरुको सहयोगका लागि दाजु पागल जस्तै एकोहोरो हुने । अहिलेपनि कति धेरैले धम्कि दिईरहँदा उनी निरन्तर खटेको दावी गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु