काठमाडौ । भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

“हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरुसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,” मन्त्रालयका प्रवक्ता राविस कुमारले भन्नुभयो । उनीहरुलाई दुई उडान मार्फत् भारत ल्याइएको र उनीहरु अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी अनुसार उद्धार गरिएकाहरु मध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन ।

उहाँले यसलाई ठूलो उद्धारको रुपमा लिइएको बताउनु भयो । उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उहाँले जानकारी दिनुभयो । भारत फर्किन खोजेका अरु दश जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पुरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाई छ । उहाँले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरुलाई चीनस्थीत भारतीय दूतावास तथा संवन्धीत अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गर्नुभयो । चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौ सङ्क्रमित भएका छन् । नेपाललेपनि उद्धार गर्ने बताएको छ । तर अझैं उद्धार गरेको छैन । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु