काठमाडौ । अनेरास्ववियूका सह संयोजक रन्जित तामाङ अचानक बिरामी परेपछि नर्भिक अस्पताल काठमाडौंमा भर्ना भएका छन् । गएराति ११ बजे ब्लडप्रेसर कम भएपछि शौचालय जाने क्रममा बेहोस भएका थिए । आफ्नै निवासमा बिरामी भएको थाहा पाएपछि उनका छिमेकी तुरुन्तै अस्पताल पुर्याएको अनेरास्ववियूका नेता जीपी मैनालीले समाचार दैनिकलाई जानकारी दिए । उनका अनुसार अस्पतालमा डा जेपी जैसवालले उपचार गरिरहेका छन् । अहिले अवस्था समान्य हुँदै गएको छ । ब्लडप्रेसर अहिले १००/४० रहेको छ ।

मुटुसम्बन्धि केही परिक्षण सकेर आजै अबेरसम्म डिस्चार्ज हुनसक्ने जानकारी अस्पतालले दिएको छ । केही समयअघि देखि नै उनको प्रेसरमा समस्या आउने गरेको थियो । बुधबार केही समस्या आएपछि घरमा आराम गरेका थिए । झापा जिल्लाका नेता तामाङ लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् ।

 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएपछि उनी अनेरास्ववियूको सह संयोजको भूमिकामा छन् । पछिल्लो समय पार्टी एकीकरणका लागि निकै व्यस्त भएको र श्रीमति पनि बिरामी परेकाले उनलाई थप प्रेसर भएको हो । उनले पछिल्ला केहीदिन श्रीमतिको स्वास्थ्य फलोअपका लागि अस्पताल पुगेको तस्बिरहरु सार्वजनिक गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु