काठमाडौं । घण्टाघरमा एक व्यक्ति मृत भेटिएका छन् । वीरगञ्जको घण्टाघरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघरमा एक जना मृत अवस्थामा भेटिएका छन् । यहाँको खाली रहेको जग्गामा रहेको प्रतिक्षालयमा लाश फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जानकारी अनुसार मृतकको नाम लड्डु साह कानु रहेको छ । लाशसँगै बसिरहेका मृतकको छोरी बताउने ८ वर्षीया आरती कुमारी र १० वर्षीया सरस्वति कुमारीसँग सोधपुछ गर्दा आफूहरु बुवासँगै मागी खाई गुजारा चलाईरहेको बताएका छन् । दुई छोरीहरुका अनुसार आमाको केही वर्ष अगाडि मृत्यु भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मृतकको श'व पो'ष्टमा'र्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ । तत्कालका लागि दुवै बालिकाहरुलाई पालन पोषण तथा संरक्षण गर्ने कोही नभएकोले उनीहरुको संरक्षणको लागि बाल हेल्प लाईन वीरगञ्जमा पठाइएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु