काठमाडौं । लामो समय देखि चर्चाको शिखरमा रहेको भारतको राजधानी नयाँ दिल्लीमा आज विधानसभा चुनावको लागि मतदान भइरहेको छ । बिहान ८ बजेदेखि ७० सिटको लागि मतदान भइरहेको जानकारी भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । यस पटक मैदानमा ६७२ जना आएका छन् । दिल्लीमा पछिल्ला केही वर्षहरुमा आम आद्मी पार्टीलाई बलियो मानिएको छ । लामो समय कांग्रेसले राज गरेको दिल्लीमा आम आदमी पार्टी (आप) आएपछि भारतीय जनता पार्टी (भाजपा) निलजस्तै भएको छ ।

गत निर्वाचनमा आपले ६७ सिट जित्दा भाजपाले ३ सिटमा जित हात पारेको थियो । कांग्रेस दिल्लीमा पछिल्ला वर्षहरुमा एकदमै कमजोर अवस्थामा छ । आउँदो मङ्गलबार मत परिणाम आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्ली विधानसभाको चुनावमा सत्तारुढ आम र भाजपाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दिल्लीमा बहुमतको एकल सरकार बनाउनका लागि ४५ सिटमा जित हासिल गर्नुपर्ने हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु