केही दिन भित्रै शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक, यो दिन खुल्नेछ शिक्षकको विज्ञापन


काठमाडौ । शिक्षक सेवा आयोग शिक्षक लाइसेन्स नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको माध्यमिक तह र निम्न माध्यमिक तहको कापी परीक्षण गरिसकेको छ । दुवै तहको उत्तरपुस्तिका परीक्षण गरिसकेको हुनाले नतिजा प्रकाशनको अन्तिम चरणमा आयोग पुगेको हो ।

त्यस्तै प्राथमिक तहका बाँकी रहेका कापी पनि तीव्र गतिमा परीक्षण भइरहेको आयोगले जानकारी दियो । लाइसेन्सको परीक्षामा माविका लागि १ लाख १ हजार ९९०, निमाविका लागि ५६ हजार १४० र प्राविका लागि ६६ हजार ५९५ गरी २ लाख २४ हजार ७२५ जना परीक्षार्थीले परीक्षा दिएका थिए । अबको एक महिना भित्र लाइसेन्सको नतिजा सार्वजनिक भइसक्ने आयोगका प्रवत्ता दामोदर आचार्यले जानकारी दिए ।

नतिजा लगतै पाठ्क्रम सार्वजनिक त्यसपछि खुला विज्ञापन
आयोगले चैत्रमा नयाँ पाठ्यक्रम सार्वजनिक गर्ने भएको छ । लाइसेन्सको नतिजा सार्वजनिक भइसक्ने बितिकै शिक्षक सेवा आयोग नियमावली २०५७ ९१०० औं संशोधनले व्यवस्था गरे अनुसारको पाठ्यक्रम सार्वजनिक गर्ने भएको छ । यसका लागि आयोगले तीव्र गतिमा पाठ्यक्रम तयार गरिरहेको छ । आयोगले तीनै तहका छुट्टाछुट्टै पाठ्यक्रम बनाइरहेको जानकारी दियो । आयोगले नियमावलीअनुसार प्रारम्भिक चरणको सय पूर्णाङ्कको बस्तुगत प्रश्नका लागि नयाँ पाठ्यक्रम र दोस्रो चरणको विषयगत परीक्षाका लागि सय पूर्णाङ्कको विषयगत पाठ्यक्रम बनाउन जुटेको हो ।

आयोग माध्यमिक तहको पाठ्यक्रम तयारीको अन्तिम अवस्थामा पुगेको छ । निमावि र प्राथमिक तहको पाठ्यक्रम धमाधम तयार गरिरहेको प्रवत्ता आचार्यले जानकारी दिए । आचार्यका अनुसार लाईसेन्सको नतिजा सार्वजनिक हुने बितिकै तीनै तहको पाठ्यक्रम सार्वजनिक हुनेछ । पाठ्यक्रम सार्वजनिक गरेको केही दिनमा नै शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने तयारीमा आयोग पुगेको छ ।

आयोगले नियमावलीको (१०) औं संशोधन अनुसार २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा पनि लिनसक्ने भएको छ । विषयको प्रकृति र आवश्यकताअनुसार आयोगले प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको छ । नियमावलीको संशोधनले परीक्षार्थीको उत्रीर्णाङ्क पनि परिवर्तन गरेको छ । प्रारम्भिकको ५०, विषयगतको ४० र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाका उत्रीर्णाङ्क १०(१० बनाएको छ ।आयोगले यस अघि ४० नम्बरको बस्तुगत र ६० नम्बरको विषयगत परीक्षा सञ्चालन गर्दै आएको थियो । परीक्षर्थीको उत्रीर्णाङ्क पनि ४० मात्र थियो । पाठ्यक्रम सार्वजनिक हुने बितिकै आयोग खुला प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्न विज्ञापन गर्ने तयारीमा जुटेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना [सूचनासहित]
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता