सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई आफ्नै मान्छेले फसाउन लागेको थाहा भएको बताएका छन् । शनिबार गृहजिल्ला सिन्धुपाल्चोक पुगेर उनले यस्तो अभिव्यक्ति दिएका हुन् । जहाँ सभामुख सापकोटालाई बधाइ कार्यक्रम राखिएको थियो । उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको दाबी गरेका हुन् ।

उनले ती शत्रुहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताए। ‘सभामुख पद साझा हो,’ उनले भने, ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्छु।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु