काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले पूर्व मन्त्री सहित भिआईपीहरुलाई भ्रष्ट्राचारको मुद्धा दायर गरेको छ । यही सूचीमा पूर्व मन्त्री चन्द्रदेव जोशीपनि परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा जोशीलाई सात करोड आठ लाख रुपैयाँ विगो तोकेको छ । यो खबर आएपछि आफु आश्‍चर्यमा परेको जोशीको दावी छ । उनले थाहा खबरलाई अन्र्तवार्ता दिँदै भनेका छन् मसँग अहिले वकिल राख्ने पैसा समेत छैन । बरु जेल जान्छु किनकी मैले कुनै भ्रष्ट्राचार गरेको छैन ।

योपनि
त्रिपिटक वाचनको प्रचारप्रसारका लागि साइकल यात्रा
काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको प्रचारप्रसारका लागि आज साइकल यात्रा गरिएको छ । चाबहिलदेखि शुरु भएको साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर चारुमती विहारमै फर्किएको छ ।

 

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा उक्त कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शनको महत्व रहेको बताउनुभयो । उक्त विहार प्राचीन सम्पदास्थल भएकाले त्यसको सरक्षणमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न देशका राजदूतको समेत सहभागिता रहेको कार्यक्रमका संयोजक भिक्षु तपस्वी धम्मले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताउनुभयो । यात्रामा १०० बढीको सहभागीता थियो । भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया, लाओसहित ७० बौद्ध गुरु बौद्ध साहित्य वाचनमा सहभागी हुन काठमाडौँ आउनुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु