काठमाडौ । बालुवाटारको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा राज्यलाई फिर्ता गर्ने भनेपछि मुद्धा चलाई राख्नु परेन भनेर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले भनेको केही दिनमा नै नयाँ तथ्य खुलेको छ । साविकको उक्त जग्गा यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको खुलासा भएको हो ।

साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो। ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक भएसँगै नेकपा महासचिव पौडेलले समेत ८ आना जग्गा छोराको नाममा किनेको खुलेको थियो। सोही जग्गा बैंकमा राखेर उनले ऋण निकालेका हुन्। पौडेलले ‍ललिता निवासको रजिष्ट्रेसन नम्बर ४१७ कको जग्गा धितोमा राखेर कर्जा लिएको फेला पारेको दस्तावेजमा उल्लेख छ। उनले २०७० कात्तिक ४ गते ऋण लिएका थिए।

 

पौडेलले जग्गा फिर्ता गर्न राजी भएको भन्दै अख्तियारले उनलाई प्रतिवादी बनाएको छैन। अख्तियारले सो जग्गा सरकारको नाममा ल्याउन निर्देशन भने दिइसकेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु