काठमाडौं । सामान्यतया राजनीतिमा लागेका मान्छेहरु अति नै व्यस्त रहने गर्दछन् । धेरैले गर्ने एउटै गुनासो के भने नेताहरुले परिवारलाई समय दिन सक्दैनन् । धेरै परिवारमा यस खालको समस्या हुने गर्दछ । समय समयमा देश तथा विदेशका भ्रमणहरुमा जानुपर्ने लगायत कारणले राजनीतिज्ञहरु व्यस्त रहने गर्छन । स्वदेश तथा विदेशमा व्यस्त रहे पनि कतिले भने परिवारलाई भरपुर समय दिइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यस्तै पछिल्लो समय परिवारसँग खानेपानी मन्त्री बीना मगर पनि व्यस्त हुनुहुन्छ । उहाँ आफ्ना २ छोराहरुसँग रमाइरहेका तस्बिर एवं भिडियो समयसमयमा बाहिर आउँने गर्छन् । राजनीतिक रुपमा जे जस्तो भए पनि उहाँले आमा हुनुको महत्व बिर्सनु भएको छैन । दुई छोराहरुले आमा राजनीतिमा भएकै कारण मायामा कुनै कमि पाएका छैनन् । हालै सार्वजनिक भएको भए भिडियो मन्त्री मगर छोराहरुसँग रमाइरहनु भएको छन् । यस भिडियोमा देख्न सकिन्छ कि मन्त्री मगरको काखमा रमाउँदै द्य छोराहरु १ सय रुपैंया मागिरहेका छन् ।

https://twitter.com/magarbina1/status/1225683250548359170

सम्बन्धित खबरहरु