काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले शनिबार कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्य औद्योगिकस्थलहरुको अध्ययन अवलोकनका क्रममा मन्त्री भट्टसहितको टोलीले शनिबार कैलालीको गोदावरी नगरपालिकामा रहेको हरैयाको विशेष आर्थिक क्षेत्र र लम्किचुहा नगरपालिकास्थित डुँडेझारी औद्योगिक क्षेत्रको अवलोकन गरेको हो ।

अवलोकनका क्रममा मन्त्री भट्टले सरकारले चाँडै हरैया विशेष आर्थिक क्षेत्र र डुँडेझारी औद्योगिक क्षेत्रको काम अघि बढाउने बताउनुभयो । उहाँले सरकारले सुखी नेपाली र समृद्ध नेपालको अभियान लिएको बताउँदै नेपाली बजारमा अहिले बढिरहेको आयातलाई प्रतिस्थापना गर्न पनि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँले आफू यसै जिल्लाको भएकाले भौगोलिक वस्तुगत स्थितिको जानकार रहेको बताउँदै मन्त्रालयका कर्मचारीलाई बुझाउन महत्वपूर्ण पदाधिकारीसहित अवलोकनमा आउनुपरेको हो भन्नुभयो । उहाँले १३ महिनाअघि डुँडेझारी औद्योगिक क्षेत्र घोषणाको फाइल तयार भएर मन्त्रिपरिषद्मा गएको बताउनुभयो ।

गोदावरी नगरपालिकामा रहेको हरैया विशेष आर्थिक क्षेत्र ९०० बिघा क्षेत्रफलमा फैलिएको छ भने डुँडेझाडी औद्योगिक क्षेत्र एक हजार १०० बिघामा फौलिएको बताइएको छ ।

सम्बन्धित खबरहरु