काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अ'न्धाधु'न्ध गो'ली चलाउँदा कम्तिमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त घटनामा ३१ जना घाइते भएको जसमध्ये १० को स्थिती गम्भीर बताइएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आ'क्रमण'कारीलाई मा'रिएको थाई प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आ'क्रमण'कारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित ह'तियार ‘हु'म्वी’ चो'रेर शहर पसेको र अ'न्धाधु'न्ध गो'ली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

आ'क्रमण'कारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गो'ली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा २० जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

यसरी हेर्दा यस घटनामा मर्नेहरुको संख्या २१ भएको छ । प्राप्त जानकारीमा आ'क्रमण'कारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

सम्बन्धित खबरहरु