‘खोले साग’ ले यसरी जमाउँदै छ बजार


काठमाडौं । खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलाई खोले साग भनिन्छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन्
पछिल्लो समय नेपालगञ्जमा यही ‘खोले साग’ चर्चित छ । कर्णाली र दाङको ‘खोले साग’ले बजार पाएको छ । साग बिक्री वितरणले धेरैको रोजीरोटी चलाएको छ । “धेरैले रुचि मानेर किनेर लैजानुहुन्छ”, नेपालगञ्जको धम्बोझीचोक नजिकै साग बेच्दै आउनुभएकी सावित्री वलीले भन्नुभयो, “ग्राहकलाई पु¥याउनै सकिएको छैन ।”कर्णालीमा मात्रै नभई दाङबाट समेत आयात भइरहेको खोले सागको बिक्री राम्रो भइरहेको उहाँले बताउनुभयो ।

 

खोलामा खेर गइरहेको खोले सागप्रति स्थानीयवासीको अत्यधिक माग रहेको छ । बजारमा सागको माग बढ्न थालेपछि गाउँका किसानले खोलाबाट सङ्कलन गरेर बिक्री गर्दै आइरहेका छन् । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने सागको माग गर्मी मौसममा अझै धेरे हुने गर्छ । गर्मी मौसममा अन्य सागको उत्पादन कमै हुने भएकाले पनि खोले सागको माग बढ्दो छ । पूर्णरुपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग धेरै बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

साग बिक्री गरेर सिजन अनुसार करीब रु २० हजारसम्म कमाइ हुने गरेको वलीले जानकारी दिनुभयो । “एकपटक उम्रिएको ठाउँबाट निकाल्दा पनि निरन्तर उम्रिरहने भएकाले आम्दानी पनि भइरहन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपालगञ्जमात्रै नभएर बुटवलसम्म पनि साग पठाउने गरेको बताउनुभयो । गाउँदेखि शहरसम्म सागको माग बढ्न थालेपछि खोलामा त्यसै खेर गइरहेको खोले साग टिपेर राम्रो आम्दानी भइरहेको साग बिक्री गर्न दाङबाट नेपालगञ्ज आइपुग्नुभएकी उमा केसीले बताउनुभयो । “खोलामा खेर गइरहेको सागको नेपालगञ्जमा माग बढेको छ”, उहाँले भन्नुभयो । वर्षमा खोले साग बेचेरै रु ३५ हजारसम्म कमाउने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मङ्सिरदेखि चैतसम्म खोलामा खोले साग उत्पादन हुन्छ । “विशेष गरेर फागुनदेखि चैतसम्म यसको माग अत्यधिक हुन्छ”, केसीले भन्नुभयो, “चैत–वैशाखमा त यतिधेरै माग बढ्छ कि पु¥याउनै सकिन्न ।” उहाँका अनुसार सङ्लो पानी बग्ने स्थानमा साग हुन्छ । पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा खोले साग आफैँ नष्ट भएर हराउँछ । त्यसैले यसमा कुनै रसायन प्रयोग हुँदैन । मल विषादी प्रयोग नगरिने हुँदा अग्र्यानिक पनि हुन्छ । साग खाँदा कब्जियत, कुपोषण र आँखाको समस्या भएकालाई प्रत्यक्ष फाइदा पुग्ने उपभोक्ताको विश्वास गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com