काठमाडौं । देश संघीयतामा गएपछि स्थानीय तहले आवश्यक्ता अनुसार विदा दिदैं आएका छन् । केन्द्र सरकारले विभिन्न विदा कटौती गरिरहेका बेला स्थानीय तहले भने बिदा थपिरहेका छन् । कालिकोटको पलाँता गाउँपालिकाले जनयु'द्ध दिवसको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शनिबार (माघ २५ गते)बसेको गाउँपालिकाको बैठकले जनयु'द्ध दिवसका दिन (फागुन १) सार्वजनिक बिदा दिने निर्णय गरेको पलाँता गाउँपालिकाले जानकारी दिएको छ ।

फागुन १ गते तत्कालीन माओवादीले यु'द्ध गरेको दिन, जसलाई जनयु'द्ध दिवसको रुपमा माओवादी तथा पूर्वमाओवादीका नेताहरुले मनाउँदै आएका छन् ।

२५औं जनयु'द्ध दिवसको अवसरमा गाउँपालिकाले शहीदको सम्झना र उनीहरुको सम्मानका लागि र गाउँपालिकामा खेलकुदसहितका कार्यक्रम गरिएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु