काठमाडौं । नेपाली जनतालाई कल निःशुल्क र इनटरनेट अहिलेको भन्दा आधा कममा दिने घोषणा गरेको नयाँ टेलिकम नेपालमा आउँने देखिएको छ ।

नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ ।

लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ । कम्पनीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिनुभयो । आधारभूत टेलिफोन सेवाको अनुमति पत्रको सबै शर्त पूरा गरेको बताउँदै चौधरीले कानूनी प्रक्रिया पूरा गर्न कुनै कन्जुस्याईं नगरिने स्पष्ट पार्नुभयो ।

सेवा विस्तार गर्न अवश्यक फ्रिक्वेन्सीको कुनै समस्या नरहेको भन्दै चौधरीले २२०० सय र २३०० ब्यान्डका फ्रिक्वेन्सी खरिद गरी सेवा सञ्चालन गर्न तयार रहेको बताउनुभयो । नेपालीलाई सस्तो तथा गुणस्तरीय सेवा दिन आवश्यक पर्ने सबै तयारी पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

भारतमा मुकेश अम्बानीले ल्याएको जियोजस्तै आफुहरुले सिजी ल्याएको चौधरी ग्रुपका प्रवन्धक एवं अर्बपति बिनोद चौधरीले स्पष्ट पार्नुभएको थियो । सिजी नेपालमा आए नेट शुल्क अहिलेको भन्दा आधा कम गर्ने र भ्वाइस निःशुल्क गर्ने देखि लिएर हरेक नेपालीको हात हातमा स्मार्ट फोन पुर्याउने उहाँले बताउनु भएको छ ।

 

सम्बन्धित खबरहरु