काठमाडौं । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी औपचारिक माध्यमबाट नगरे कारबाही गर्ने चेतावनी दिएको राष्ट्र बैंक बल्ल यससम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विज्ञापनको भुक्तानीमार्फत विदेशी मुद्रा अपचलन भएको दाबी गर्दै राष्ट्र बैंकले बिनातयारी कारबाहीसम्मको चेतावनी दिएर भुक्तानी रोकेपछि सरोकारवालाले तत्काल स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

क्यान महासंघका पूर्वअध्यक्ष विनोद ढकालले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानीलाई बैंकिङ प्रणालीमा ल्याउन खोज्नु राम्रो भए पनि कार्यविधि नहुँदा समस्या परेको बताए । ‘सामाजिक सञ्जालमा हुने भुक्तानी बैंकिङ प्रणालीमार्फत गर्न कुनै समस्या छैन,’ उनले भने, ‘तर राष्ट्र बैंकले सक्दो छिटो नीतिगत बाटो दिनुपर्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले सामाजिक सञ्जालको भुक्तानीलाई औपचारिक प्रणालीमा ल्याउन लागिएको बताए । ‘सामाजिक सञ्जालमा विज्ञापन गर्दा धेरै विदेशी मुद्रा अपचलन भएको सूचना राष्ट्र बैंकलाई प्राप्त भएको छ,’ उनले भने, ‘त्यस्ता कारोबार औपचारिक प्रणालीमा ल्याउन राष्ट्र बैंकले कार्यविधि बनाइरहेको छ ।’ सरोकारवालासँग पनि छलफल जारी रहेको उल्लेख गर्दै उनले कार्यविधि र प्रक्रियाबारे १०/१५ दिनमा निर्देशन जारी गरिसक्ने जानकारी दिए ।

राष्ट्र बैंकले फेसबुक, युट्युब, गुगललगायत सामाजिक सञ्जाल र इन्टरनेटमा दिने विज्ञापनका लागि अनौपचारिक माध्यमबाट भुक्तानी नगर्न र गरे कारबाही गर्ने चेतावनी गत साता दिएको हो । नेपालमा रहेको व्यापार व्यवसाय प्रवर्द्धन गर्न फेसबुक तथा युट्युबमा विज्ञापन गर्ने र त्यसको रकम विदेशका आफन्त वा विदेशी कम्पनीबाट भुक्तानी गर्न लगाई हुन्डीबाट रकम पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु