काठमाडौ । घरमै बसेर पढिने खुल्ला विश्वविद्यालयले विभिन्न तहमा भर्ना खुलाएको छ । उसले एमफिल देखि स्नातकोत्तर, पिजी डिप्लोमा, डिप्लोमासम्म भर्ना खुलाएको हो । नेपाल खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्र्ततमा भर्ना खुला गरिएको हो । स्नातकोत्तर तहका विभिन्न विषयका कार्यक्रमहरुमा वि.स. २०७६ हिउँदे सत्र प्रथम सेमेष्टर प्रणाली अन्र्तगत मिति २०७६ फाल्गुन २६ गतेसम्म आइपुग्ने गरी भर्ना आवेदन आव्हान गरिएको सम्बन्धी जानकारी प्रकाशित गरिएको हो । थप जानकारी तल राखिएको छ । भर्ना गर्न सकिने तरिका सहित यहाँ अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

के हो खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय विधिबत रुपमा विसं २०७३।०३।३० (सन् २०१६) मा स्थापना भएको हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा छ । खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने, गराउने उद्देश्यकालागि नेपाल खुला विश्वविद्यालय स्थापना भएको हो ।

सन् २०१० मा गैरआवासीय नेपाली संघ (एनआएनए) तथा शिक्षा मन्त्रालयबीच भएको सहमति एवं सार्कमा खुला विश्वविद्यालय स्थापना गर्न नेपालले जनाएको प्रतिबद्धता अनुसार खुला र दूर सिकाइको विधिमार्फत अध्ययन–अध्यापन सञ्चालन गर्न नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो। संसद्बवाट नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ पारित भएपछि नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयका कक्षाहरू २०७५ सालको जेठदेखि कक्षा सञ्चालन भएको हो।

नेपालमा खुला विश्वविद्यालय
औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्न बेलायतबाट खुला विश्वविद्यालयको अवधारणा शुरू भएको मानिन्छ। नेपालमा २०३६ सालपछि उच्च शिक्षामा विद्यार्थीको चाप बढ्दै गयो। त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले भर्ना लिन सम्भव नभएपछि औपचारिक शिक्षा उपलब्ध गराउन वैकल्पिक उपायहरू खोज्नुपर्छ भनियो ।

त्यसअनुसार २०३७ सालको छैटौं पञ्चवर्षीय योजनामा ‘खुला तथा दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा उपलब्ध गराउने’ व्यवस्था गरियो । यसका व्यवस्थापन तथा कानुन संकाय, मानविकी तथा शिक्षा संकाय र विज्ञान, स्वस्थ्य तथा प्रबिधि संकाय गरी ३ वटा संकाय छन् ।

सम्बन्धित खबरहरु