एजेन्सी । चीनबाट क्षणभरमा नै फैलिएको कोरोना भाइरसलाई लिएर अहिले संसारभर त्रास फैलिरहेको छ । कोरोना भाइरसको फैलावटलाई लिएर संसारभरका सरकार, चिकित्सकहरूले चिन्ताको रुपमा लिएका छन् । यस भाइरसबाट फेरी नयाँ खुलासा भएको छ ।

 

शांघाईका अधिकारीहरूका अनुसार कोरोना भाइरस हावामा फैलिएको सुक्ष्म कणहरूमा मिलेर फैलिरहेको छ । यसले हावामा मिसिएर मानिसमा संक्रमण गरिरहेको छ । यस्तो फैलावटलाई एयरोसोल ट्रान्समिसन भनिन्छ । अहिलेसम्म उक्त भाइरस प्रत्यक्ष संक्रमण अर्थात् डाइरेक्ट ट्रान्समिसन र सम्पर्क संक्रमण अर्थात् कन्ट्याक्ट ट्रान्समिसनबाट फैलिएको पुष्टि भएको थियो ।

शांघाई नागरिक सरोकार ब्यूरोका उपप्रमुखले भने, ‘एयरोसोल ट्रान्समिसनको अर्थ भाइरस हावामा रहेका साना कण र थोपाहरूमा मिलेर एयरोसोल बनाइरहेको हुन्छ । मेडिकल विज्ञका अनुसार, त्यो हावालाई श्वास फेर्दा कोरोना संक्रमण भइरहेको छ ।’

 

उनले अगाडि थपे, ‘यसलाई मध्यनजर गर्दै हाम्रा अधिकारीहरूले रोगबाट संक्रमित परिवारका सदस्य नजिक जाँदा हुनसक्ने संक्रमणबाट सचेत रहन अनुरोध गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुले सचेत हुन आवश्यक छ ।’

 

विज्ञका अनुसार प्रत्यक्ष संक्रमणको अर्थ संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यिऊँ गर्दा उसको नजिक रहेका व्यक्तिले श्वास फेर्दा भाइरस नजिकको व्यक्तिमा प्रवेश गर्दछ । यस्तो बेला सम्पर्क संक्रमण त्यतिबेला हुन्छ जब कुनै व्यक्तिले भाइरस संक्रमित वस्तु छोएर आफ्नो मुख, नाक वा आँखा छुन्छ ।

 

चिनियाँ सरकारले नागरिकलाई भेला नहुन, भेन्टिलेसनका लागि झ्याल खोल्न र सरसफाईमा ध्यान दिन र घर आसपास सफला राख्न सचेत गराएको छ । खासगरी ढोकाको ह्याण्डल, खाना खाने टेबल, ट्वाइलेटको सिट आदि प्रयोग गर्दा पनि सचेत रहन अनुरोध गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु