काठमाडौ । भनिन्छ जन्म, मृत्यु र बिवाह आफ्नो वशमा हुन्न । यी तिनै चिज हाम्रो कल्पना भन्दा बाहिर हुन्छ । मोरङको विराटनगरमा यस्तै एउटा संयोगको घटना भएको छ । एक घण्टाको फरकमा एकैघरका दुई जना दाजुभाइको मृत्यु भएको छ ।

राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृत्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृत्यु भएको हो । दुवै जनाको उच्च रक्तचापका कारण मृत्यु भएको बताइएको छ । ५३ र ५५ वर्षका दाजुभाइमध्ये काशी शाकाहारी भोजन गर्थे । पूर्व टंकिसिनुवारी २ बाट निर्वाचित वडा सदस्यसमेत रहेका उनलाई उच्च रक्तचापका कारण सामान्य पक्षघात भएको थियो ।

 

शनिबार बिहान पौने ३ बजेको समयमा उनको निधन भएको थियो । काशीको निधन भएको केही समयमै दाजु इश्रालाल माझीको पनि मृत्यु भयो । उहाँको पनि उच्च रक्तचापका कारण ज्यान गएको स्थानीय इन्द्र न्यौपानेले जानकारी दिए । अहिले यो खबरलाई अनौठो मृत्यु भन्दै सामाजिक सञ्जालमा सर्वत्र सेयर भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु