काठमाडौं । एकदिवसीय तथा टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीले प्रतिखेल खेलेबापत रु पाँच हजार पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को सोमबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

सन् २०२० को जनवरीदेखि लागू हुने गरी सो पारिश्रमिक दिइने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । यसअघि नेपाली खेलाडीले खेलेवापत पारिश्रमिक पाउने गरेका थिएनन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यसैगरी राष्ट्रिय क्रिकेट टोलीको खेलाडीको वर्गीकरण गर्नका लागि समिति गठन गरिएको उहाँले बताउनुभयो । खेलाडी वर्गाीकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहनुभएको समिति गठन गरिएको छ ।

उक्त समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ । उक्त समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेश गर्नेछ ।

यसरी श्रेणीवद्ध गरिएका खेलाडीले वर्गिकरण गरिएअनुरुप पारिश्रमिक पाउनेछन् । यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए । आगामी चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ ।

सम्बन्धित खबरहरु