काठमाडौं । विश्वमा यस्ता केही घटनाहरु पनि हुन्छन्, जुन सजिलै विश्वास गर्न सकिदैन । तपाईँले सर्पले भ्यागुता खाएको देख्नु भएकै होला, तर भ्यागुताले सर्प खाएको भने सायदै कसैले देख्नु भएको होला । तर अहिले एक भ्यागुताले संसारकै विषालु सर्प मध्येको एक सर्पलाई खाएको तस्बिर अहिले संसारभर चर्चित बनेको छ ।

एक भ्यागुताले संसारकै विषालु सर्प खाएर पचाएको समाचार बाहिर आएको छ । सिंगो सर्प खाएको भ्यागुतालाई भने केही भएन । अहिले यो विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । संसार के हुँदैछ भन्ने कुरामा केही व्यक्तिहरु बहस गरिरहेका छन् । एक ग्रिन भ्यागुताले विषालु सर्पलाई मुखमा राखेको तस्बिरमा देख्न सकिन्छ ।

सर्पलाई खाएर पचाएपछि पनि भ्यागुतो जिउँदै छ । भ्यागुताले गाएको सर्प कोस्टल ताइपान हो । यो अष्ट्रेलियाको उत्तर तथा पूर्वी तटीय इलाका र न्युगिनी टापुमा पाइन्छ । कोस्टल ताइपान सर्पले मानिसलाई टोकेमा मानिसको ३० मिनेटभित्रै ज्यान जान्छ । यसको विषमा न्युरोटक्सिन हुन्छ ।

जसको असर सिधै मस्तिष्कमा पर्छ । यसले नर्भस सिस्टममा असर गरेर मानिसको मृत्यु हुन्छ । तर भ्यागुता सजिलै बाँचेकोमा विशेषज्ञले आश्चर्यता प्रकट गरेका छन् । यस विषयमा अनुसन्धानकर्ताहरुले खोज थालेका छन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु