काठमाडौं । भारतमा चलेको गो'लीले एक नेपालीको ज्यान गएको छ । सप्तरीका एक युवकको भारतमा गो'ली प्र'हार गरी ह'त्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको ह'त्या भएको जानकारी दिइएको छ । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए ।

ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गो'ली प्र'हार गरिएको प्रहरीले जानकारी दिएको छ । घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादव पनि रहेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गो'ली प्र'हार गरेको बताइएको छ । पहिलो गो'ली स्कारपियोको टायर र दोस्रो गो'ली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको छ ।

सम्बन्धित खबरहरु