काठमाडौं । पछिल्लो समय खुबै चर्चामा रहेको पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की प्रकरण नयाँ मोडमा पुगेको छ । मुनाको पो'स्टमा'र्टम रिपोर्ट बाहिर आएको छ । मृतकद्वय कार्की र घरेलु कामदार विजय चौधरीको पो'स्टमा'र्टम रिपोर्ट शुक्रबार प्राप्त भएको हो ।

महानगरीय प्रहरी परिसर, जावलाखेलका सहायक प्रवक्ता तथा घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत डिएसपी सन्तोष तामाङले पो'स्टमा'र्टम रिपोर्ट आइसकेको भन्दै गम्भीर खुलासा गर्नुभएको हो । मुनाको मृत्युको कारण ‘लिगेचर स्ट्रेङ्‌गुलेसन’ भएको रिपोर्टमा उल्लेख छ । जसको अर्थ ‘डोरीले घाँटीमा बलपूर्वक कसेर सास फेर्न नदिई मारिएको’ भन्ने हुन्छ ।

प्रहरी रिपोर्टमा चौधरीको मृत्युको कारण भने ‘ह्याङ्‌गिङ’ (आफ्नै तौलले तानेर निसास्सिएर मृत्यु) भनी उल्लेख गरिएको छ । गएको माघ २७ गते सोमबार पूर्वसचिव कार्कीको सानेपास्थित निवासमा पत्नी मुना गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । उनलाई उद्धार गरी उपचारका लागि ललितपुरकै स्टार अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कामदार चौधरी भने त्यसबेला नै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलको प्रकृतिका आधारमा चौधरीले मुनाको ह'त्या गरेपछि स्वयंले ‘आ'त्मह'त्या’ गरेको प्रहरीले आशङ्‌का गर्दै आएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले दुबैका मोबाइल चेक गर्न थालेको छ । विजय चौधरी र मुनाको मोबाइल महाराजगञ्जस्थित नेपाल प्रहरीको फेरेन्सिक ल्याबमा पठाइएको छ ।

सुरुवातमा अनुसन्धान गर्दा घटनास्थलमा एक कट्टु फेला परेको जसमा वि'र्य र र'गत लागेको देखिएको प्रहरीले जानकारी दिएको थियो । प्रहरीको अनुमान अनुसार चौधरीले जबरजस्ती करणीपछि हमला गरेर बेहोस बनाएको कम्तीमा आधा घण्टापछि आफुले पनि आ'त्मह'त्या गरेका हुनसक्ने प्रहरीको अनुमान प्रारम्भिक अनुमान रहेको छ । त्यस दिन मुना महिनावारी भएकी थिइन् । त्यसकारण उनी श्रीमानसँगै मन्दिर जान पाइनन् । यो घटना बिहानको समयमा भएको थियो । छर छिमेकी सबै व्यस्त रहने समय परेको हुँदा धेरैलाई घटनाबारे तत्काल जानकारी भएन् ।

सम्बन्धित खबरहरु