काठमाडौं । काठमाडौं उपत्यका भित्र अवैध कार्यमा संलग्न ५७ जनालाई प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको छ । नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा गतराति ५७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङललगायत रहेका छन् । नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन् । जानकारी अनुसार पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको छ । गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण अभियान चलाउँदै आएको छ । जसअन्तर्गत यसअघि दर्जनौं पक्राउ परिसकेका छन् ।

सम्बन्धित खबरहरु