काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको छ । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं। १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनुभएको छ । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

झापामा रहनुहुँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नुहुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ ।

यो पनि, प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज यहाँ शिलान्यास गर्नुभएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उहाँले शिलान्यास गर्नुभएको हो ।

विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६।२९ किमी कालोपत्र रु २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतमा बन्नेछ ।

महालक्ष्मी र किराँतेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्र हुने प्रमुख यादवले बताउनुभयो । यस्तै १५।२६ किमी दोस्रो खण्डको रु ५४ करोड ४४ लाख ८७ हजार ६३९ को लागतमा लुम्बिनी र गणपति जेभीले र ११।३० किमी तेस्रो खण्डको सडकको रु ५९ करोड १५ लाख ३५ हजार ८३४ लागतमा बन्ने जनाइएको छ ।

[caption id="attachment_253502" align="aligncenter" width="1800"] झापा, ४ फागुन ः प्रधानमन्त्री केपी शर्मा ओली झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार भद्रपुर विमानस्थलमा पुग्दा स्वागत गर्दै । तस्वीर ः चन्द्रकला भण्डारी÷रासस[/caption]

[caption id="attachment_253503" align="alignnone" width="1800"] झापा, ४ फागुन ः प्रधानमन्त्री केपी शर्मा ओली झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार भद्रपुर विमानस्थलमा पुग्दा स्वागत गर्दै । तस्वीर ः चन्द्रकला भण्डारी÷रासस[/caption]

सम्बन्धित खबरहरु