काठमाडौं, ४ फाल्गुन – कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । यस वर्ष, मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।

यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगाएत रहेका छन् । साम्रागी रेष्टुरेन्टमा गएर साथीहरुसँग बसेर कोक र मःमः (कोक र मःमःको जेस्चर प्रयोग गरि) अर्डर गरेर टिभीसी शुरु हुन्छ । उनका साथीहरु (अलिशा राई, केन्जल श्रेष्ठ, जेय अथर र आइजेन) फोनमै व्यस्त छन् र एकअर्कासँग कुराकानी समेत गरिरहेका हुदैनन् । सबैको मःम आइपुग्छ तर साम्रागीको मःम चाहिँ कोकको बोटल सहित आइपुग्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सबैजना फोनमै अाँखा गाडेर मःम खाइरहेका हुन्छन् । त्यसपछि साम्रागीको कोकको बोटल पप हुन्छ र त्यो आवाजले सबैको ध्यान तानिन्छ र अन्तत उसका साथीहरुले आफ्नो फोनबाट आँखा हटाउछन् । बाकीँ साथीहरुले त्यसपछि आफ्ना लागि कोक अर्डर गर्छन् । अब, सबैजनाले कोकको साथ खानाको मज्जा लिइरहेका छन् र एकअर्कासँग रमाइलो गर्दै छन् । जब बिल आइपुग्छ सबैजना मजाक गरेर बिल तिर्नबाट बच्नका लागि फेरि फोनमा ढुबेको जस्तो गर्दछन् ।

त्यसपछि उनीहरु साम्रागीलाई हेर्छन र हास्छन् । यो टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ । यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेका छौं ।

नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।” कोका–कोला कम्पनीले नेपालका मोःमोःउत्सव पारखीहरुका लागि थुप्रै आश्चर्यहरु तयार पारिसकेको छ । कोका–कोला मोःमोःउत्सव पर्वको बारेमा सम्पूर्ण जानकारीका लागि तपाईंहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरु @cocacolanepal लाइक र फलो गर्नुपर्नेछ । TVC link: https://www.youtube.com/watch?v=Dn_Gqd858EE

सम्बन्धित खबरहरु