काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक क'रणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ ।

[caption id="" align="aligncenter" width="1024"] File Photo[/caption]

क'रणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले जनाएको छ । आयोगले प्रहरी सहायक निरीक्षक केसीविरुद्ध रु ६० लाखको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकृत खनालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको समेत पाइएकाले मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरेको र सरकारी सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको छ ।

यसैगरी आयोगले आइतबार साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपाध्यायले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको र पदोन्नतिसमेत भएको पाइएको आयोगले आरोप लगाएको छ ।

सम्बन्धित खबरहरु