काठमाडौं । पुर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फलाई ओली सरकारले कानूनमन्त्री उपहार दिएको छ । तत्कालिन कानुनमन्त्री उपेन्द्र यादवको पार्टी समाजवादीले सरकार छोडेपछि यो पद खाली रहेको थियो । सुरुमा स्वास्थ्यमन्त्री रहेका यादवलाई पछि कानुनमन्त्रीको जिम्मा दिइएको थियो ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँन लाग्नु भएको छ ।तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । शहरी विकासमन्त्रीमा महेश बस्नेतको सम्भावना बलियो छ । तर कानुनमन्त्री पुर्व एमालेबाट भएपछि शहरी विकासमन्त्री पुर्व माओवादीबाट हुनसक्ने चर्चा पनि भइरहेको छ । यस विषयमा कुनै ठोस जानकारी आएको छैन ।

सम्बन्धित खबरहरु