काठमाडौं । पृथ्वीराज मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सञ्चालित अधिकांश होटलमा भान्साको सरसफाइ कमजोर पाइएको छ । व्यास नगरपालिकाको नेतृत्वमा आज गरिएको अनुगमनमा अधिकांश होटलको भान्सामा सरसफाइको अवस्था कमजोर पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको सहकार्यमा गरिएको होटल अनुगमनका क्रममा भान्साको सरसफाइ अवस्था राम्रो नरहेको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । घाँसीकुवा रेष्टुरेन्टमा गरिएको अनुगमनमा भान्सामा खानेकुरा छोपेर नराखेको, भान्सामै भाँडा माझ्ने गरेको पाइएकाले त्यस्तो नगर्न सञ्चालकलाई सुझाव दिइएको जोशीले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उक्त होटल सञ्चालकलाई एक हप्ताभित्र सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिइएको र अर्कोपटक अनुगमनमा आउँदा पनि पुनः सोही अवस्था रहेको पाइए कानूनबमोजिम कारवाही गरिने जोशीले बताउनुभयो । अनुगमन टोलीले सर्भिस एण्ड प्लेजर रेष्टुरेन्ट, बबिना होटल, कोहिनुर होटल, आले खाजा घरलगायत अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा भान्सामा कुकले टाउकोमा टोपी नलगाएको, डस्टबिन छोपेर नराखेको, भाडा माझ्ने गरेको पाइएकोले त्यसलाई सुधार गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले जानकारी दिनुभयो । अनुगमनको क्रममा होटलहरुमा मूल्यसूची उपभोक्ताले प्रष्ट देखिने ठाउँमा राख्न सुझाव दिइएको छ ।

मूल्यसूची नराखेको खण्डमा रु २० हजारसम्म जरिवाना गर्न सकिने नियम रहेको बरालले व्यवसायीलाई जानकारी गराउनुभएको थियो । “पहिला पनि केही होटलहरुमा अनुगमन गरेका थियौँ तर भान्साको सरसफाइको अवस्था सुधार भएको देखिएन,” बरालले भन्नुभयो, “अन्तिम पटकका लागि सुधार गर्न सुझाव दिएका छौँ, सुधार नभए व्यवसायीले कानून बमोजिम कारवाही भोग्नुपर्छ ।”

घाँसीकुवा रेष्टुरेन्टका सञ्चालक प्रल्हाद लोहनीले होटलको सरसफाइको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । अनुगमनमा व्यास नगरपालिकाका पर्यटन शाखा प्रमुख राजेन्द्र कार्की, उपभोक्ता मञ्चका अध्यक्ष खेमराज अधिकारी, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ उपसभापति सुकनारायण मल्ललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित खबरहरु