काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको का'रागा'र बसाइपछि आज घर फर्कनुभएको छ । एक महिला कर्मचारीलाई ब'लात्का'र प्रयासको अभियोगमा का'रागा'रमा रहनुभएका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फै'सला गरेपछि का'रागा'र मुक्त भई घर फर्कनुभएको हो ।

[caption id="attachment_253622" align="aligncenter" width="3600"] जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुदको बलात्कारको प्रयासको मुददामा सफाइ पाएपछि कारागार कार्यालय डिल्लीबजार बाट बाहिरिने क्रममा महरा । तस्वीर ः नवीन पौडेल, रासस[/caption]

आजै न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फै'सला गरेको थियो । “घटनाको अनुसन्धानका क्रममा भएको बयान र अदालतमा गरिएको बयान तथा पी'डितले गरेको वकपत्र अध्ययन गर्दा एवं घटना भएको दिन आफ्नो कोठामा प्र'तिवा'दी आउँदै नआएको पी'डितको स्पष्ट बयान सफाइ पाउने आधार हो”, अदालतमा श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले भन्नुभयो, “जाहेरवाला पी'डितले कु'टपि'ट गरेकोलगायतको अभियोग दाबीबमोजिमको प्रयास नगरेको पी'डितको वकपत्र र बयानमा स्पष्ट छ ।”

फै'सलाको अर्को मुख्य आधारमा आँैठा छाप परीक्षण गर्ने विशेषज्ञको प्रतिवेदनअनुसार घटना भएको समयमा गिलास, चस्मासमेतमा औँठाको छाप महराको औँठा छापसँग नमिलेको हुँदा अभियोगअनुसार दाबी नपुगेको देखिएको फै'सलामा उल्लेख छ ।

[caption id="attachment_253621" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन ः जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुदको बलात्कारको प्रयासको मुददामा सफाइ पाएपछि कारागार कार्यालय डिल्लीबजारबाट बाहिरिने क्रममा महरा । तस्वीर ः नवीन पौडेल÷ रासस[/caption]

संसद् सचिवालयको एक महिला कर्मचारीलाई ब'लात्का'र प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको आइतबार अन्तिम ब'हस शुरु भएको थियो । समय नभ्याएको हुनाले फै'सला गर्न हेर्दाहेर्दैमा आज फै'सला भएको हो । महराविरुद्ध ब'लात्का'र प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कै'द स'जाय माग गरिएको थियो तर अभियोग पुष्टि हुन सकेन ।

निवर्तमान सभामुख महरा गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले महरा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशअघि महरा गत असोज १९ गतेदेखि कात्तिक १८ गतेसम्म झण्डै एक महिना प्रहरी हि'रास'तमै बिताउनुभयोे ।

[caption id="attachment_253620" align="aligncenter" width="3600"] जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुदको बलात्कारको प्रयासको मुददामा सफाइ पाएपछि कारागार कार्यालय डिल्लीबजार बाट बाहिरिने क्रममा महरा । तस्वीर ः नवीन पौडेल, रासस[/caption]

पूर्वसभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएको उल्लेख गर्दै साधारण तारेखमा रही पुर्पक्ष गरिपाउँ भन्ने निवेदन उच्च अदालतमा निवेदन गत मङ्सिर ५ गते दर्ता गर्नुभएको थियो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँबरको इजलासले महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सदर गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

पूर्वसभामुख महराविरुद्धको घटना गत असोज १२ गते प्रहरीले सार्वजनिक गरेको थियो । सोही अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हि'रास'तमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोग पुष्टि नभएपछि पुर्पक्षका लागि थुनामा रहुनुभएको महरा सफाइ पाएर घर फर्कनुभएको छ । रासस

सम्बन्धित खबरहरु