काठमाडौं । अछाम जिल्ला का’रागा’रमा सुतेको अवस्थामा एक कै’दी मृत भेटिएका छन् । क’र्तव्य ज्या’न मु’द्दामा कै’द भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक का’रागा’रभित्रै मृतावस्थामा भेटिएका हुन् । आज बिहान ढिलोसम्म उहाँ नउठ्नुभएपछि अन्य कै’दीब’न्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि श’वपरीक्षण गरिने जनाइएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कर्तज्य ज्या’न मु’द्दामा २०६६ भदौमा जे’ल परेका विकले १० वर्ष ६ महिना कै’द भुक्तानी गरिसकेका र जे’लबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु