काठमाडौं । भोली नेपाल बन्द भन्दै सामाजिक सञ्जालमा हल्ला सुरु भएपछि चितवनका एक विप्लव माओवादीका नेताले भोलि पार्टीको तर्फबाट नेपाल बन्दको घोषणा नगरिएको बताएका छन् । चितवनमा सर्वत्र भोलि नेपाल बन्दको हल्ला चलेपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन् । उनले भने, ‘ विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भने भोलि चितवनका विभिन्न क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने योजना बनाएको छ ।’

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा पनि आजसम्म प्रचार प्रसार, ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल बन्दबारे भने कुनै पनि विज्ञप्ति वा पार्टीको निर्देशन नआएको विप्लव माओवादीको नेताहरुले जनाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु