काठमाडौ । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्ति स्थापना हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मूर्ति नेपालमै पहिलोपटक स्थापना गर्न लागेको हो ।

प्राप्त शिलालेखअनुसार साके संवत् १५०४ शिव मन्दिर स्थापना उल्लेख छ । व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले मूर्ति स्थापनाका लागि रु २६ लाख खर्च हुने र यसले लाटीकोइली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

मन्दिर व्यवस्थापनका लागि गत साउनमा लगाइएको शिवपुराण महायज्ञबाट सङ्कलित रु एक करोड सात लाख २९ हजार ९०० आम्दानीबाट मूर्ति स्थापना गर्न लागिएको हो । उक्त बजेटमध्ये रु ८० लाख बैंक बचत गर्नुका साथै बाँकी रकम मूर्ति स्थापनाकार्यमा खर्च गर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु