काठमाडौं । आउँने शुक्रबार महाशिवरात्री पर्व परेको छ । नेपालमा यसलाई विशेष महत्वका साथ लिने गरिएको छ । वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिन नै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो भन्ने विश्वास गरिएको छ । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनका लागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् ।

 

चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय हुन्छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि यस दिन रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा ब्याख्या गरिएको पाईन्छ ।

यस दिनदेखी विस्तारै गर्मि सुरु हुन्छ भन्ने धार्मिक मान्यता रहँदै आएको छ । आउँदो शुक्रबारको मौसमबारे पनि जानकारी आइसकेको छ । आउँने शुक्रबार दिनभरी देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी तथा मध्य भू९भागका धेरै स्थानहरुमा तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

 

यस दिन नेपालका शिव मन्दिरहरुमा भक्तजनहरुको ठुलो घुईँचो लाग्ने गर्दछ । अझ नेपाल त झन ईतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी पनि हो । यस दिन पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा ब्याख्या गर्न सकिन्छ ।

 

साधूहरुको ब्यापक उपस्थिती रहन्छ पशुपतीमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधूहरु भारत अनि नेपालका विभिन्न भागहरुबाट पशुपतिनाथ दर्शन, भ्रमणकालागि आउने गर्दछन् । फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन पनि रहेको छ ।

 

यस दिन शिवको वरिपरि घुमेको छ , शिव ति भगवान जस्को आकार छैन्, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जस्को रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ति शिवको विशेष अनि प्रिय दिन । शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, को आधूनीक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतबाट आउँछ त्यसैमा विलिन हुन्छन् भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टीलाई एउटा दृष्टान्त दिईनैरहेको छ ।

 

विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरु अनि जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरुपहरुमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वकारुपमा ब्याख्या गरिन्छ । यिनै तत्वहरुबाट हामी सबै निर्मित छौं, ब्रहमाण्डका यि सम्पूर्ण स्वरुपको एउटै श्रोत भगवान शिव हामी सामु अनेक स्वरुपमा छन् ।

 

यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरु, पलाएका पालुवादेखि छरिएको बिजले माटोमा अङ्कुरण गर्ने स्वरुपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिती छ । धर्म अनुसार नाम फरक होला, ब्याख्या फरक होला तर शिवतत्वका सृजनाकारुपमा हामी रहेका छौं । के बालक के वृद्ध अनि के वयस्क रु नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरु भरिएका हुन्छन्, हामीमध्य धेरैले शिवलाई गाँजा भाँङ धतूरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रुपमा अपब्याख्या या अल्पब्याख्या गरिरहेका हुन सक्छौं तर शिवका यि सम्पूर्ण बानीभित्र सृष्टी अनि समाजको गहिराई लुकेको छ ।

 

शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए, त्यहि यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँजहाँ बिसर्जन भए त्यहाँत्यहाँ शक्तिपीठहरूको उत्पति हुँदैगयो ।

 

तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुका लागि भने शिव भगवान पर्वतको रुप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रीको रातलाई अचल अनि निर्भय रात्रीकारुपमा पनि लिइन्छ । योगी अनि साधकहरुकालागि शिव भगवान नभईकन एउटा आदिगुरु हुन् जसले योगशिक्षा सप्तऋृषिहरुलाई औपचारीक अनि दस्तावेजकारुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरु संसारभरि स्वस्थ्य रहनकालागि धेरैले अनुशरण गर्नेगर्दछन् । यि प्रातकालका नायक अनि आदिकालदेखिका आदिगुरु शिवप्रति समर्पितको दिनमा सबैको कल्याण होस् !

संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सँच्चा मान्छे हुन अहम त्यागेर त्यागी बन्न सकौं । गाँजा भाँङ अनि धतूरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौं, यो शिवरात्रिमा रिस, राग अनि अहंकारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कदैजाँऔ । हाम्रो पात्रोको सहयोगमा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु