काठमाडौं । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिमिल्सिनाले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन बुधबार खरिपाटी पुग्नुभएका सभामुख तिमिल्सिनाले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो कुराकानी गर्नुभएको छ ।

कन्ट्रोल कक्षबाट उहाँले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिनुभएको हो । क्वारेन्टाइनभित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उहाँले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्धारा उनीहरुको अवस्थाबारे थप जानकारी लिनुभएको थियो । उहाँलाई नेपाली सेनाका कर्णेल शिव पौडेलले यहाँको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । क्वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु