त्रिविद्वारा भर्खरै स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित [अनलाईन नतिजासहित]


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय , परीक्षा नियन्त्रण महाशाखाले तीन वर्षे बि.एड. दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।

 

त्रिविले २०७६ मा सञ्चालित तीन वर्षे बि।एड। दोस्रो वर्षको नतिजा प्रकाशित गरेका हो । नतिजा हेर्नका लागि मोबाइलको म्यासेज वक्समा जानुहोस् आफ्नो फ्याकल्टी B.Ed टाइप गरी एक स्पेस दिई सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएम गर्न सक्नुहुनेछ । नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । आफुले हेरिसकेपछि अरुको सहयोगका लागि सक्दो सेयर गर्न नभुल्नुहोला । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

स्नातक शिक्षा : कसरी छान्ने विषय

काठमाडौ । विद्यालय तहको अन्तिम खुड्किलो मानिने कक्षा १२ को नतिजा सार्वजनिक भएको एक महिना भएको छ। सँगसँगै विद्यार्थी र अभिभावकको सक्रियता पनि बढिसकेको छ, ‘स्नातक तहमा कुन विषय पढ्ने ? कहाँ पढ्ने ? कुन विषय पढ्दा रोजगारीको सम्भावना कति रहन्छ ? मैले यो विषय पढ्न सक्छु कि सक्दिनँ ? आदि।’

कक्षा ११ मा भर्ना गरेर कोरिएको भविष्यको गोरेटेलाई अझ गाढा बनाउने समय भएकोले स्नातक तहमा भर्ना हुनुअघि विद्यार्थीमा यस्तो चिन्ता हुनु स्वाभाविक पनि हो। र विशेष होसियारी अपनाउनुपर्ने समय पनि हो यो। तर विद्यार्थीलाई आकर्षित पार्न गरिने भड्किलो प्रचार र विज्ञापनका कारण क्याम्पसहरूको खोजीमा भौतिरिँदै गर्दा अधिकांश विद्यार्थीहरू आफूले पढ्ने शैक्षिक संस्था र विषय छनोटमा सधैं अल्मलिने गरेका छन्।

मुलुकभर अहिले ११ वटा विश्वविद्यालयहरू सञ्चालनमा छन्। शैक्षिक कार्यक्रमको सम्बन्धन दिन नपाउने तर विश्वविद्यालयकै हैसियतमा सञ्चालन भइरहेका (मानित विश्वविद्यालय) पाँच वटा छन्। विश्वविद्यालय अनुदान आयोगका अनुसार ती विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पसहरूको संख्या एक हजार तीन सय नौ वटा छन्। त्यसबाहेक ती विश्वविद्यालयहरूको आफ्नै आंगिक क्याम्पस एक सयको हाराहारीमा छन्। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सोही विश्वविद्यालयको पाठ्यक्रम अनुसार पढाइ सञ्चालन गरिरहेका क्याम्पसहरूको संख्या मुलुकभर ४० को हारहारीमा छन्।

यी सबै क्याम्पसहरूमा व्यवस्थापन, कानुन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा र विज्ञान तथा प्रविधिसँगसम्बन्धी विषयहरूको पढाइ भइरहेको छ। यस हिसाबले हेर्दा उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीलाई अध्ययनका लागि आफूले भनेअनुसारकै विषय छान्ने अवसर प्रशस्तै छ। पढाइका लागि विषय छान्ने मात्र होइन, अध्ययन पूरा गरिसक्ने बित्तिकै रोजगारीमा जानका लागि पनि उनीहरूलाई पर्याप्त अवसरहरू छन्। अनगिन्ती विषय र अवसर रहे पनि क्याम्पस भर्ना हुनुअघि कसैको करकापमा नपरी आफ्नो भित्री इच्छा जुन विषयमा छ त्यही विषय रोज्न नसकेको अवस्थामा भविष्यको गोरेटो नै अन्धकारमय हुनेतर्फ पनि सचेत हुनु जरुरी छ।

शिक्षाविद् तथा यस क्षेत्रका जानकारहरू पनि कसैको दबाब र प्रभावमा नपरी आनन्दसँग पढ्न सकिएमा शैक्षिक भविष्य सुनिश्चित हुने सुझाव दिन्छन्। यस्तै विद्यार्थीमध्येकी एक हुन् प्रवीण बस्नेत। उनले कक्षा १२ मा विज्ञान समूह पढेका थिए।

आफ्नो भित्री इच्छा यही विषयमा छ भन्ने स्पष्ट हुन नसकेका कारण चिकित्सक बनाउने इच्छा राखेर आफन्तले उनलाई विज्ञान विषयमा भर्ना गरिदिएका थिए। कुन विषयमा भर्ना हुँदा राम्रो हुन्छ भन्नेमा उनलाई भने स्पष्ट ज्ञान नै थिएन। कक्षा १२ को नतिजा आएपछि भने चिकित्सक बनाउने परिवारको सपना पूरा नहुने भयो। कक्षा १२ को कमजोर नतिजाका कारण बस्नेतले एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुने आँटै गरेनन्। कक्षा ११ मा भर्नाको समयमै कुन विषय पढ्दा भविष्यमा के फाइदा हुन्छ भनेर परामर्श लिन नसक्नु उनको कमजोरी थियो, जुन कमजोरीले उनलाई स्नातक तहको पढाइमा समेत अप्ठ्यारोमा पा¥यो।

सामान्यता कक्षा ११ र १२ को पढाइलाई एसईईपछि उच्च शिक्षाको बाटो कोर्न पहिलो खुड्किलो मानिन्छ। तर, सही खुड्किलो पहिल्याउन नसक्दा सृष्टिजस्ता थुप्रै विद्यार्थी अहिले पनि पहिलेको बाटोबाट मोडिएर अर्को बाटो रोज्नुपर्ने बाध्यतामा पुगेका छन्।

धेरैलाई कक्षा ११ र १२ मा पढेकै विषय स्नातक तहमा पढे पनि केहीलाई भने सोचेअनुसारको नतिजा नआएर वा नतिजा आएर पनि नयाँ विषय पढ्न चाहनाले अलमल्लमा पारिरहेको छ। विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्यांकअनुसार मुलुकभरका विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूमा स्नातक तहमा मात्र साढे तीन लाखभन्दा धेरै विद्यार्थीहरू स्नातक तहमा पढिरहेका छन्। विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूमा पढ्नेको संख्या पनि दिनप्रतिदिन बढिरहेकै छन्।

कुन विश्वविद्यालयमा कुन विषय ?

कक्षा १२ पछि स्वदेशमै पढ्ने कि अन्तर्राष्ट्रिय डिग्री लिन विदेशतर्फ लाग्ने ? नर्सिङ् पढ्ने कि बीएस्सीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत सजिलै बिकाउ हुने होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ? सरकारी क्याम्पसमा पढ्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ? स्नातक तहमा भर्ना हुनुअघि आम विद्यार्थी र तिनका अभिभावकको मनमा खेलिरहने साझा प्रश्नहरू हुन् यी।

नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकायको पढाइ भइरहेको छ। ११ वटै विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान र अन्य संस्थामा स्नातक तहमा तीनदेखि पाँच वर्षसम्मका कार्यक्रमहरू सञ्चालनमा छन्।

विद्यार्थी संख्याका आधारमा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो। त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बी फार्मेसी, बी फर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स­), बी टेक, बीएस्सी टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, बीएस्सी न्युट्रिसन एन्ड डाइटिटिक्स०, बीएस्सी एजी, बीएस्सी फरेस्ट, बीबीए, बीए, बीएडलगायतका विषय सञ्चालन गर्दै आएको छ।

कक्षा १२ उत्तीर्ण विद्यार्थीले स्नातक तहमा नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना हुन पाउँदैन। सो विश्वविद्यालयमा स्नातकमा भर्ना हुन उत्तर मध्यमा तह उत्तीर्ण भएकै हुनुपर्छ। उत्तरमध्यमा पूरा गरेकाहरूले क वर्ग (धर्मशास्त्र, न्याय, ज्योतिष लगायत) र ख वर्ग (नेपाली, राजनीतिकशास्त्र, अर्थशास्त्र लगायत) विषय अध्ययन गर्न पाउँछन्। नेसंविमा पढ्दा भर्ना र परीक्षाबाहेक अन्य शुल्क लाग्दैन।

गुणस्तरिय शिक्षामा कहलिएको काठमाडौं विश्वविद्यालयले बीएस्सी ईन एप्लाइड फिजिक्स, बीएस्सी फार्मेसी, बीएस्सी इन् इन्भाइरोमेन्टल साइन्स, बीएस्सी इन् हुमन बाइलोजी, बीई (सिभिल, कम्प्युटर, मेकानिकल, जियोम्याटिक्स), बीए बुद्धिस्ट इस्टडिज, बीए फाइन आर्टस्, एमबीबीएस, बीएस्सी नर्सिङ, बीडीएसलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पूर्वाञ्चल विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिज्म), बीएफडी (फेसन डिजाइ), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एण्ड मास कम्युनिकेसन्स), बीई (सिभिल, कम्प्युटर, आर्किटेक्ट, बायोमेडिकल), बीएस्सी बायोटेक्नोलोजी, बीपीएच, बीएस्सी नर्सिङ, बीफार्मेसीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एन्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिजलगायतका विषयमा पठनपाठन गर्दै आएको छ। पोखरा विश्वविद्यालयले गत वर्ष स्नातक तहमा झन्डै १५ हजार विद्यार्थी भर्ना लिएको थियो।

कृषि तथा वन विश्वविद्यालयले बीएस्सी एजी, बीएस्सी फरेस्ट्री तथा बीएस्सी भेटनरी साइन्स एन्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएस्सी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएस्सी कम्प्युटर साइन्स विषयमा पठनपाठन सुरु गरेका छन्। सूप विश्वविद्यालयले बीबीएस र बीए चार वर्षे अनर्स, बीएस्सी र बीई सिभिल कार्यक्रम चलाएको छ।

शुल्क कति ?

विद्यार्थीले रुचाएको विषय पढ्न विश्वविद्यालय अनुसार शुल्क पनि फरकफरक तिर्नुपर्छ। मुलुकमा हालसम्म सबैभन्दा महँगो पढाइको रूपमा स्नातकमा एमबीबीएसलाई लिइन्छ। यो विषय हरेक वर्ष शुल्कको विषयमा विवादितसमेत हुने गरेको छ। यस विषय अध्ययन गर्न ५० लाखदेखि भन्दा ६० लाख रुपैयाँसम्म कलेज सञ्चालकहरूले लिने गरेका छन्। इन्जिनियरिङ विषय अध्ययन गर्दा निजी क्याम्पसमा सरदर १० लाख रुपैयाँ लाग्छ। तर विश्वविद्यालयको आंगिक क्याम्पसमा छनोट भएका विद्यार्थीले भने आठ सेमेस्टरमा सरदर तीन लाख रुपैयाँ मात्र तिरे पुग्छ।

इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा छ। सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो। विज्ञान, व्यवस्थापनलगायतका संकायमा विषय र कलेज हेरी १० हजारदेखि ६ लाख रुपैयाँसम्म खर्च लाग्छ।

पोखरा विश्वविद्यालयअन्तर्गतका इन्जिनियरिङ कलेजले बीईमा कुल विद्यार्थी भर्नाको पाँच प्रतिशतलाई र बाँकी विश्वविद्यालयका कलेजहरूले १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउने गरेका छन्। शिक्षा मन्त्रालयले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएन, बीएएमएस, बीफार्मेसी, बीपीएच र बीफरेस्ट्री विषयमा बर्सेनि सरदर साढे तीन सय विद्यार्थी छनोट गरी छात्रवृत्तिका लागि सिफारिस गर्ने गरेको छ।

मन्त्रालयले नेपालका कलेजबाहेक पाकिस्तान, चीन र रूसमा पनि छात्रवृत्तिमा नेपाली विद्यार्थी पठाउने गरेको छ। भारत, जापानलगायतका मुलुकहरूले आफैंले विद्यार्थी छनोट गरी स्नातक तहमा विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउने गरेका छन्। नतिजा भन्दा तलको समाचार अन्नपूर्णका लागि सूर्यप्रसाद पाण्डेले लेखेकोबाट साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता