बागलुङ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटको विश्वका मानिसले स्वर्गको एक टुक्रा भन्न थालेका छन् । यहाँ विश्वभरीका मानिसहरु अवलोकनका लागि आउँन थालेका छन् । आन्तरिक पर्यटकको ह्वात्तै वृद्धि भएको छ ।

पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि दैनिक सर्वसाधरणको बाक्लो उपस्थिति हुने गरेको छ । शनिवार र बिदाको दिन घुँइचो हुने गरेको छ । पञ्चकोट जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।

स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबा को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिदै आएको थियो । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु देख्न सकिन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु