काठमाडौ । संसदको सार्वजनिक लेखा समितिले नेपाली रुपैयाँ र राहदानीसहितका सामाग्री छाप्नका लागि ल्याउन लागिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति भरतकुमार साहले सञ्चारमन्त्रीले कमिशन मागेको अडियो बाहिरिएकाले खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएका हुन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट विजय प्रकाश मिश्रसँग करिब ५५ करोड रुपैयाँ कमिसन मागेको भनिएको भिडियो सार्वजनिक भएपछि संसदको लेखासमितिले छानबिन गर्ने भएको हो। लेखा समिति बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण रोकी तत्काल छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा भएको कार्यप्रगतीको जवाफ सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेल र सञ्चार सचिव दीपक सुवेदीसँग लेखा समितिले जवाफ मागेको थियो। पौडेल र सुवेदीले चित्त बुझ्दो जवाफ नदिएपछि समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको सम्पूर्ण फाइल मगाउने निर्णय गरेको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु