गाँ’जाले तानेका भोलेबाबाहरु बन्द भएपछि मन्दिर आउँनै छोडे


काठमाडौं । बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ ।

 

जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चना गर्न भक्तजन लामो समय लाममा बस्नुप¥यो । नेपाल प्रहरीले लामलाई व्यवस्थित गरिरहेको थियो । “बिहान ४ बजेदेखि लाइनमा बसिरहेकी छु”, नेपालगञ्ज–१८, की पवित्रा बस्नेतले भन्नुभयो, “लाइन घटिरहेको छ, अब पालो आउला जस्तो छ ।” मन्दिरमा विशेष गरी युवाको भीड देखिन्थ्यो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

“पोहोर साल त धेरै देखेको थिएँ यसपालि भोलेबाबाहरु देखिएनन् । केही चिसो मौसम भएर होला रु” नेपालगञ्ज–१ की दीपिका रेग्मीले अड्कलबाजी गरेर भन्नुभयो, “विगतका वर्षहरुमा बागेश्वरी मन्दिर परिसरमा धुवाँ उडाइरहेका भोलेबाबा यसपालि हराएछन् ।” रेग्मीले भनेजस्तै यस वर्ष शिवरात्रिमा बागेश्वरीमा भोलेबाबा देखिएनन् । यस वर्ष शिवरात्रिमा भाङ, धतुरो र गाँ’जा खान र बेच्न स्थानीय प्रशासनले कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भोलेबाबाको उपस्थिति नहुनुमा यसैको प्रभाव पनि हुनसक्छ ।”

संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रसिद्ध मन्दिर हो । यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ । एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता