काठमाडौं । विद्यालय संचालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा यहाँको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट रु एक करोड ४४ लाख सङ्कलन गरेको हो ।

महायज्ञको अन्तिम दिनसम्म उक्त रकम सङ्कलन भएको मूल आयोजक समितिले सार्वजनिक गरेको छ । अन्तिम दिन बागलुङ नगरपालिका–१४ का स्व धनबहादुर घर्ती क्षेत्री, हिला घर्ती क्षेत्री र जनककुमारी घर्ती क्षेत्रीको स्मृतिमा छोरा टेकबहादुर, भीमबहादुर, बलबहादुर, जीत बहादुर, चन्द्रजीत, हरि बहादुर, केदार र मीन बहादुर घर्ती क्षेत्रीले आठ लाख आठ हजार ८४८ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यस्तै सोही ठाउँका डम्मरकुमारी जिसीले पाँच लाख ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ । महायज्ञमा हरि जिसी र सुपारी जिसीको पहलमा अमेरिकामा रहेका बलेवावासीले तीन लाख २४ हजार २३१, नीरज केसीको पहलमा अष्टे«लियामा रहेका बलेवासीले ९७ हजार ५२, बानपा १४ का ईश्वरादेवी खत्रीले एक लाख एक हजार १५७ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

महायज्ञको अन्तिम दिन ३५ हजारभन्दा बढी सहयोग गरी ४९ जना सहयोग दाता सभानायक बनेको सचिवालय संयोजक स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । विद्यालयको ३२औँ वार्षिक उत्सवका अवसरमा आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरेको थियो । सङ्कलित रकमलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकास गर्ने काममा खर्चिने महायज्ञ मूल आयोजक समितिका महासचिव रत्न बहादुर खत्रीले जानकारी दिनुभयो ।

श्रीमद्भागवत धनधन्याञ्चल महायज्ञममा बालव्यास पण्डीतनारायण न्यौपानेले सङ्गीतमय कथा प्रवचन गर्नुभएको थियो । महायज्ञ समापन समारोहमा महायज्ञ मूल आयोजक समितिका संयोजक नरबहादुर खत्रीले दानदाताबाट सङ्कलित रकमलाई विद्यलायको शैक्षिक उन्नयनमा लगाउने बताउनुभयो ।

सम्बन्धित खबरहरु